Saturday, December 2, 2023
Homeआर्थिकअपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ : अर्थमन्त्री महत

अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ : अर्थमन्त्री महत

<!—->

<!—->

संखुवासभा– अर्थमन्त्री डा प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्। 

अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री महतले भने, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ। त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ।’

संखुवासभामा निर्माण हुन लागेको १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए। ‘संखुवासभावासीका लागि यो महत्त्वपूर्ण आयोजना हो, अब यो आयोजना अगाडि बढ्छ। हरेक ठूलो आयोजना कार्यान्वयनका लागि पूर्वतयारी महत्त्वपूर्ण हुन्छ, जुन देखिँदैन,’ उनले भने, ‘बाटोको अभावमा आयोजना प्रभावित हुँदैन। जहाँबाट र जसरी पनि स्रोत जुटाएर हामी यो बाटो पनि निर्माण गर्छौं।’

मन्त्री महतले स्थानीय समस्यालाई चाँडै टुंगो लगाउने र स्थानीयले चाहेजति सेयर पाउने आश्वासनसमेत दिए। ‘अपर अरुण आयोजनाभन्दा तल अन्य दुईवटा आयोजना अगाडि बढिरहेको छ। हरेकको समय आउँछ, भोटेखोला र संखुवासभाको समय आएको छ। विश्व बैंकका प्रतिनिधि आहानालगायतको टिम यही आउनुभएको छ। यसले आयोजनामा लगानी गर्ने विश्व बैंकको चाहनालाई प्रतिविम्बित गर्छ’ मन्त्री महतले भने।

WhatsApp-Image-2023-11-03-at-6.24.49-PM-1699020243.jpeg

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

कोशी प्रदेशमा जलविद्युत्‌ले रुपान्तरणको ठूलो सम्भावना देखिएको उनको भनाइ थियो। यो आयोजना कार्यान्वयन गर्दा स्थानीयले रोजगारी पाउने मात्र नभइ यहाँको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने बताए। स्थानीयको आर्थिक र सामाजिक सभागिताका लागि सम्पूर्ण जिम्मा सरकारले लिने मन्त्री महतले बताए। 

आयोजनाको निरीक्षण गर्न मन्त्री महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली भोटखोला पुगेको थियो। प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो। 

टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंक निर्देशक लगायतको टोली आयोजनास्थल भोटखोला आइपुगेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। अपर अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ।

आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ। आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ। आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ।

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ। हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ। आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments