Saturday, December 2, 2023
Homeआर्थिकसरकारलाई गगन थापाको धन्यवाद

सरकारलाई गगन थापाको धन्यवाद

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुको सुझाव सुनेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा आफूले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको लागि सांसद विकास कोषको रकम पूनस्र्थापना र पूननिर्माणको लागि जम्मा गर्न आग्रह गरेको उल्लेख गर्दै अहिले सरकारले लिएको निर्णयलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

सरकारलाई धन्यवाद!

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम(पश्चिम)बाट फर्केपछी नेपाली कांग्रेसको तर्फबाट हामीले लिखित रुपमा प्रधानमन्त्रीज्यू समक्ष सरकारले तत्काल गर्नुपर्ने विषयहरूको ध्यानाकर्षण गराएका थियौं। मूलत: सरकारले फजुल खर्च रोक्न र सांसद विकास कोषको लागि छुट्टाइएको ८ अर्ब २५ करोड रुपैया पुनर्स्थापना र पुनर्निर्माणमा कोषमा जम्मा गर्न हाम्रो विशेष आग्रह रहेको थियो प्रधानमन्त्रीज्यूले ति विषयलाई सकारात्मक रुपमा लिएर कोशिष गर्छु भन्नुभएको थियो। सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रकम पुनर्स्थापना र पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय गरेको छ। सरकारलाई हार्दिक धन्यवाद!

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments