Wednesday, November 29, 2023
Homeआर्थिकटिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: महामन्त्री शर्मा

टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: महामन्त्री शर्मा

काठमाठौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन निर्णय गरेका हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो।

द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेसकै अर्का महामन्त्री गगन थापाले पनि टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिँडेको बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments