Friday, December 1, 2023
Homeआर्थिकटिकटक प्रतिबन्धमा प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न: कुन सहमति? हाम्रो पार्टीसँग कहिले र...

टिकटक प्रतिबन्धमा प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न: कुन सहमति? हाम्रो पार्टीसँग कहिले र कहाँ छलफल भयो?

<!—->

<!—->

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक प्रतिबन्ध गर्ने निर्णयमा प्रधानमन्‍त्रीले सहमतिका आधारमा गरिएको भनेकाले कुन सहमति भन्दै प्रश्न गरेका छन्। 

मंगलबार बसन्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय लिएको दाबी गरेका थिए। 

त्यसपछि थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले भन्नुभएछ- सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो। प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्‍यो सहमति?’

उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरुको बीचमा भएको सहमति नभन्न अनुरोध समेत गरेका छन्। साथै उनले पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी नभएको स्मरण गराएका छन्। 

उनले भनेका छन्,‘प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईंहरूबीचको समझदारी हो पार्टीहरूबीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।’

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

उनले प्रमुखहरु बसेर यस्ता लहडी निर्णय र सम्झौताको भारी पार्टी र आफूहरुले बोक्न नसक्ने स्पष्ट पारेका छन्। सरकारले गर्ने निर्णमा सत्तापक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ? भन्दै प्रश्न आइरहेको भन्दै थापाले गलतको विरोध र प्रतिरोध गर्न मिल्ने बताएका छन्। 

उनले भनेका छन्, ‘यहीँ प्रसङ्गमा कति साथीहरूले, सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ? भन्ने कुरा उठाउनु भएको छ। त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं,आज पनि र भोलि पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन।’

बरु, सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत रहेको उनको भनाइ छ। उनले जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ त्यहाँ निर्णय गर्न ठाउँमा को छ भनेर नहेरिने तर निर्णय कस्तो छ भनेर हेरिने बताएका छन्। 

उनले भनेका छन्, ‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसकोविरुद्ध उभिएका छौं, उभिइरहने छौं। हिजो त्यही काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments