Sunday, March 3, 2024
Homeआर्थिकराजावादीहरूले आज झापामा शक्ति प्रदर्शन गर्ने

राजावादीहरूले आज झापामा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । राजावादीहरूले आज झापामा शक्ति प्रदर्शन गर्ने भएका छन्  । त्यसका लागि राप्रपालगायतका राजावादी जुटेका छन् ।     पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रमको अवसरमा राजावादीहरुले आज शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि झापामा रहेका छन् । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ । आज ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments