Thursday, April 18, 2024
Homeराष्ट्रीयविद्युत आपूर्तिमा समस्या हुँदा उद्योगहरु प्रभावित | Nagarik News

विद्युत आपूर्तिमा समस्या हुँदा उद्योगहरु प्रभावित | Nagarik News

विद्युत आपूर्तिमा समस्या देखिएको भन्दै यसको समाधान खोज्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई माग पत्र बुझाएको छ। नेपाल विद्युत आपूर्तिमा आत्मनिर्भर हुँदै गएर हाल विद्युत भारतमा निकासी समेत भईरहेको बेला हर्षित उद्योग जगत वास्तविकतामा भने उर्जा संकट खपिरहेको उद्योगीहरुले बताएका छन्।

समस्या समाधानका खातिर आफूले उद्योगीहरुको तर्फबाट प्राधिकरणलाई पत्र पठाएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले बताए। संघका अनुसार हाल बारा–पर्सा आद्योगिक कोरीडोर लगभग २०० ठूला र २००० जति मझौला तथा साना प्रकृतिका उद्योगहरु संचालनमा रहेका छन्। यी उद्योगहरुको संचालनको लागि गुणस्तरीय विद्युतको नियमिति आपूर्ति एक अति आवश्यक रहे पनि अहिले समस्या भएको उनले बताए।

‘बारा–पर्सा औद्योगिक कोरीडोरका प्रायः उद्योगहरुमा ६६ के.भि.ए.को फिडर र परवारनीपुरमा रहेको हिमाल फिडरबाट विद्युतको आपूर्ति हुने गरेको छ। तर विगतका केही महिनादेखि उद्योगहरु उक्त फिडरहरुबाट हुने.गरेको विद्युत आपूर्तिमा गुणस्तरीयताको कमि देखिएको छ,’ संघको पत्रमा छ, ‘दिनको १० पटकसम्म ट्रीपिङ्ग र ४/५ पटकसम्म लामो समयको लागि विद्युत आपूर्ति नै बन्द हुने समस्या समान्य भईसकेको छ।’

विद्युत आपूर्तिमा देखिएका भोल्टेज अनियमितता र पटकपटकको ट्रीपिéबाट मेशनरी पार्टहरु दैनिक रुपमा खराब हुने गरेको र लाईन काटिने समस्याले मेशीनमा राखिएको कच्चापदार्थ बिग्रिने र उत्पादन प्रभावित हुनेजस्ता समस्या उद्योगहरुले खपिरहेको उद्योगीहरुको भनाई छ। विद्युतको समस्या समाधानप्रति प्राधिकरणको स्थानिय ईकाईको ध्यान नभएको संघको आरोप छ। विद्युत समस्याका कारण उद्योगहरुउपर आर्थिक भार बढदै गएको र उत्पादन ह्रास भएको पत्रमा उल्लोख छ।

उद्योग हित र उत्पादकत्व अभिवृद्धिका राष्ट्रकै आर्थिक विकासको विषय भएको ध्यानाकर्षण गराइएको छ। बारा–पर्सा औद्योगिक कोरीडोरमा विद्युत सम्बन्धी समस्याहरु चाँडो समाधानका लागि संघले आग्रह गरेको छ।

प्रकाशित: ४ असार २०७९ २१:१४ शनिबार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments