Sunday, March 3, 2024
Homeआर्थिकगगन थापाको प्रश्न– हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ?

गगन थापाको प्रश्न– हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ?

काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले सरकार चलाउँदा कुशासन किन भएको छ ? भन्दै प्रश्न गरेका छन् ।

का नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको दिनमा नागरिक कुशासनसँग सबैभन्दा आजित रहेको बताएका छन्।

पुनः प्रकाशन भएको नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले देशमा एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आउने गरेको बताए।

“पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ,” उनले भने, “सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ रु जरा कहाँ छ ?”

केही समयअघिसम्म सुनकाण्ड र शरणार्थी काण्ड जताततै थियो। अब एनसेल काण्ड आयो। अब ५/७ दिन, १०/१२ दिन एनसेल काण्ड वरिपरि सबै देश घुम्छ। यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ’, उनले भने।

थापाले यस्ता काण्डहरू कुशासनसँग जोडिएको बताए। कुशासन भने नियत वा अयोग्यतासँग जोडिने उनको भनाइ छ। उनले शासन कांग्रेसले चलाइरहेको, सुशासन आफूहरूको वाचा भएको र कांग्रेस सुशासनकै निम्ति जन्मिएको पार्टी भएता पनि किन कुशासन भइरहेको भन्ने प्रश्न गरे। त्यसबारे नेपाल पुकारमा सामग्रीहरू आउनुपर्ने उनको भनाइ छ।

‘हामी सरकारमा भएको बेलामा, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनिरहेकै बाटोमा देश हिँडिरहेको बेलामा, हामीलेसरकार चलाइरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन्रु यति धेरै काण्डहरू किन भइरहेका छन्रु यसको जरामा के छरु समस्या कहाँनेर छरु के कारणले गर्दा आएको छरु मलाई लाग्छ, नेपाल पुकार यसको जरामा पुग्नुपर्छ। कहाँनेर समस्या भइरहेको छ, यसको बारेमा चर्चा गर्नुपर्छ’, उनले भने।

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments