Sunday, March 3, 2024
Homeआर्थिकमेयर साम्पाङको प्रश्नः ‘प्रदेशको नाम किरात राख्दा के आपत पर्यो र ?’...

मेयर साम्पाङको प्रश्नः ‘प्रदेशको नाम किरात राख्दा के आपत पर्यो र ?’ (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले राज्यले पहिचानवादीहरुलाई दमन गर्न नहुने बताएका छन् । कोशी प्रदेशको नाम किरात राख्दा कुनै आपत्ति गर्न नहुने बताउँदै उनले राज्यले दमन गर्दै गएमा पहिचानवादीको संख्या बढ्दै जाने उनको भनाई छ । उनले किरात कुनै जात नभएर सभ्यता र इतिहास भएको बताउँदै प्रदेशको नाम पहिचानको आधारमा किरात राख्नुपर्ने बताए ।

‘किरात राख्दा चाहीँ के आपत पर्यो र ? किरात भनेको कसैको जात होईन । मेरो स्रेस्ताको नाम हर्कराज राई । कसैको नाम पछाडि किरात लेखेको छ ? त्यो जात होईन, सभ्यता हो, इतिहास हो,’– उनले भने ।

पोलिटिकल एजेण्डा बनाएर पहिचानवादीहरुलाई पक्राउ गर्न नहुने उनको भनाई छ । पहिचानवादीहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । पहिचान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै एजेण्डा भएको उनको दाबी छ । राज्यले पहिचानवादीलाई दमन गर्दै गएमा यसको संख्या बढ्दै जाने उनको भनाई छ । एमालेका नेताहरुले पनि संयमित भएर अभिव्यक्ति दिन आवश्यक रहेको उनले बताए ।

काठमाडौं आएका मेयर साम्पाङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत भेटवार्ता गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा समग्र धरानको विकासका एजेण्डाबारे छलफल गरेका थिए । Photo/Video by: Mukund Kalikote/Reporters Nepal

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments