Sunday, March 3, 2024
Homeआर्थिकअब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मत दिनु पर्दैन : गगन थापा

अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मत दिनु पर्दैन : गगन थापा

<!—->

<!—->

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्। उनले अब कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताए।

नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आइतबार कुश्मामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले गठबन्धनको संस्कृति नै संविधानबाट हटाउनुपर्ने बताए। चुनावअघि साना-ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताए।

nimb
nimb

गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै उनले भने, ‘बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन।’ थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको आरोप समेत लगाए। कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनको भनाइ थियो।

कांग्रेसका सांसदले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए। अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए।

प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए। सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्‍यो भनेर भन्न नसकिने उनको भनाइ थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments