Wednesday, April 24, 2024
Homeराष्ट्रीयरवि पनि राजनीतिमा, बालेन बन्न कि मिश्र?स्वतन्त्र उम्मेदवारीको लहर चल्यो, रञ्जुदेखि हमालसम्म

रवि पनि राजनीतिमा, बालेन बन्न कि मिश्र?स्वतन्त्र उम्मेदवारीको लहर चल्यो, रञ्जुदेखि हमालसम्म

काठमाडौँ — राजनीतिक दल जनताप्रति उत्तरदायी हुनै छोडेपछि स्थानीय तहको निर्वाचन यता नै विकल्प खोज्न थालिएको छ ।र त्यही निर्वाचनको ढाडस पाएर आगामी संसदीय निर्वाचनमा समेत युवा र स्वतन्त्रहरु अघि आउने घोषणा गरेका छन् । जसमा पूर्वसुरक्षाकर्मीदेखि सञ्चारकर्मीसम्म छन् । रहरले सञ्चारकर्मी बनायो, परिस्थितिले राजनीतिज्ञ भन्दै चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछाने बिहिबार सञ्चार क्षेत्र त्यागेर राजनीतिमा आएको घोषणा गरे ।टेलिभिजन यात्रामा ठूलो समर्थक पंक्ति कमाएका लामिछानेले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणासहित सञ्चारक्षेत्रबाट विदा लिएका हुन् ।

लामिछाने कुन क्षेत्र, कुन पार्टी वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा भने बोलेका छैनन् । सम्भवतः असार ७ मा यसको विस्तृत खुलासा गर्ने तयारी उनको छ । तर यतिबेला लामिछानेको राजनीति उदयलाई रवीन्द्र मिश्रको अन्त्यसँग जोडिएको छ । कुनैबेला वैकल्पिक शक्तिको महत्वाकांक्षा पालेर सञ्चारबाट राजनीतिमा उदाएका मिश्र १ दशक टिक्न नपाइँ अस्ताएका छन् । अब उनलाई जनताले बालेन बनाउँछन् कि मिश्र बनाउँछन् दुई सम्भावना देखिन्छन् ।

मुलतः अहिले शहर केन्द्रित उम्मेदवारी घोषणाको विषय एकपछि अर्काे गरि सार्वजनिक भइरहेका बेला लामिछानेभन्दाअघि नै काठमाडौं क्षेत्र नम्बर एकबाट पुकार बमले उम्मेदवारी घोषणा गरेका छन् । विगतमा विवेकशील साझा पार्टीमा आवद्ध भएका बम जस्तै २०७४ मै काठमाडौं महानगरको नेतृत्वका लागि चुनाव लडेकी रञ्जु दर्शना पनि संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदैछन् । विवेकशील साझा पार्टी अस्तित्वविहिन भइसकेपछि त्यसको पछि लागेका नेताहरु स्वतन्त्र बन्ने लाइनमा छन् ।

महानगरकै मेयरका लागि गत बैशाख ३० को चुनाव लडेका सुमन सायमीसमेत काठमाडौंमै उम्मेदवारी दिँदैछन् ।गायक सञ्जय श्रेष्ठदेखि नायक राजेश हमालसम्मको चर्चा चलिरहेको छ ।रुपन्देहीको क्षेत्र नम्बर दुईबाट डाक्टरी पेशाका निकोसल भुसालसमेत उम्मेदवारी दिएका छन् । बाबुराम भट्टराईकी छोरी मानुषीसम्म यहि निर्वाचनको हिस्सेदार बन्दैछन् ।

काठमाडौंको पाँच वा सातमध्ये एक क्षेत्रबाट उम्मेदवार दिने तयारी गरेकी जसपा नेतृ मानुषीले पार्टीले टिकट नदिए स्वतन्त्र रुपमै भए पनि उम्मेदवारी दिने तयारी गरेकि छन् । पूर्वडीआइजी रमेश खरेलले समेत यही निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । तर उनीहरुलाई निर्वाचनसम्म टिकेर देखाउन पुराना दलहरुले चुनौती दिइरहेका छन् ।

संसदीय निर्वाचनका रुपमा रहेका प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा नभएपनि निर्वाचन आयोग र सरकारले आगामी मंसिरसम्मभित्र गर्ने तयारी गरेको छ । खासगरी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा बालेन्द्र शाह र धरान उपमहानगरमा हर्क साम्पाङले लोभलाग्दो जित हासिल गरेपछि पार्टीभन्दा स्वतन्त्र रुपमै उम्मेदवारी दिने आकांक्षी बढेका छन् ।

स्थापित राजनीतिक दलका युवा नेताहरुले समेतटिकट नपाए स्वतन्त्र रुपमै उम्मेदवारी दिने घोषणा गर्दै पार्टी नेतृत्वलाई दबाब दिने काम गरिरहेका छन् । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल, गुरुराज घिमिरे र नैनसिंह महरलगायतका नेताहरु यसको तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा दलहरुले समक्ष उम्मेदवार दिन सकेनन् ।उम्मेदवार छनोट प्रक्रियामै चुक्दासम्भावनाबाहिरका स्वतन्त्रहरुले चुनावजितेर आश्चर्यचकित पारिदिए ।

यसको सोझो अर्थ हो, राज्य सञ्चालनको यतिलामो कालखण्डमा दलहरु सच्चिएनन् । अहिले आएर दलहरु बोझ जस्तो बन्न थालेपछि जनताले पनि विकल्प खोज्न थालेका छन् ।नेताको छनोटमा परेको व्यक्ति मतदाताको छनोटमा नपर्ने सम्भावना प्रबल बन्दै गएको छ ।

(function (d, s, id) {
var js,
fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id))
return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=40151482661930” +
“1”;
fjs
.parentNode
.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments