Sunday, March 3, 2024
Homeआर्थिकनारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने

नारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने

काठमाडौं,११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने उद्घोष गरेका छन् ।

बुधबार नारायणगढ– बुटवल सडकको स्तरोन्ती समयमा नै सम्पन्न गर्न माग गर्दै दबाबयात्राको क्रममा बुटवाल पुगेका रास्वपाका सभापति लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने बताएका हुन् । तीन दिन हिँडेर बुटवल पुगेका लामिछानले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कानुनी अड्चनमात्रै बाधक नबनेको बताउँदै उनले भने, “ठेकेदारलाई पैसा दिइएको छैन । काम गरेको पैसा सरकारले दिएको छैन । के कारणले निर्माण व्यवसायीलाई रकम भुक्तानी दिइएन ।”

उनले एक सय १३ किमि यात्रामा देखिएका समस्या एक एक गरेर उठाउने र गल्ती गर्नेलाई रास्वपाले धुलो चटाउने बताए । “जसले गल्ती गरेको हो,” उनले भने, “सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउनेछ ।”

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments