Sunday, March 3, 2024
Homeआर्थिकमत परिवर्तन भएन भने देश परिवर्तन हुँदैनः रवि लामिछाने

मत परिवर्तन भएन भने देश परिवर्तन हुँदैनः रवि लामिछाने

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको बताएका छन् । आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै उनले जनताले साथ दिएमात्रै परिवर्तन सम्भव रहेको बताए ।

लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध रास्वपा लडिरहनेसमेत बताए । “नेपाली जनताले हार्नु भएन, आँट गरेपछि निश्चित गन्तव्यमा पुग्नुपर्छ, मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन, विभेदको अन्त्यका लागि सधैँ लड्नेछौँ,”– उनले भने ।

सो अवसरमा सोही पार्टीका सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताईन् ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments