Sunday, March 3, 2024
Homeआर्थिकसहकारी ठगीका फरार अभियुक्त जिबि राईको हातमा रविको ‘बाउन्स गरिएको करोडौँको चेक’...

सहकारी ठगीका फरार अभियुक्त जिबि राईको हातमा रविको ‘बाउन्स गरिएको करोडौँको चेक’ !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रवासमा संगठन बनाउने भनेर डिसेम्बर ३ मा मलेसिया हानिएका थिए।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरा पनि सभापति लामिछानेसँगै मलेसिया गएका थिए। मलेसिया यात्रामा रविसँग उनकी श्रीमती पनि थिइन्।

रवि सहित तीन नेताहरूको उपस्थितिमा त्यहाँ रास्वपाले नेत्र केसीको संयोजकत्वमा २२ सदस्यीय मलेसिया सम्पर्क समिति गठन गरेका थिए।

रास्वपाको सम्पर्क समिति बनाउने, त्यहाँ भएका नेपालीहरूसँग अन्तर्क्रिया गर्ने भनिएपनि लामिछाने त्यहाँ जानुको रहस्यको खुलाशा दियोपोस्टले यसअघि सार्वजनिक गरिसकेको छ।

रवि लामिछानेको मलेसिया यात्रा सन्देहमा रहेको र संगठन र प्रवासी नेपाली भेट्नभन्दा सहकारी ठगीका अभियुक्त जिबि राईलाई भेट्न रवि मलेसिया गएको र त्यहाँ पुगेर उनले राईलाई भेटेको समेत  सार्बजनिक गरेको थियो।

त्यहाँ उनीहरुको भेटघाटको चाँजोपाँजो पनि मलेशियास्थित जीबी राईकै कम्पनीमा कार्यरत केही कर्मचारीले मिलाएका थिए। लामिछानेलाई विमानस्थलमा लिन जाने व्यक्ति नै सहकारी ठगीका अभियुक्त राईले संचालन गरेको नेचर हब ईन्टरनेश्नलमा बजार व्यवस्थापक हेमराज सापकोटा थिए।

सापकोटा मलेशिया एनआरएनएका उपाध्यक्ष पनि हुन् । नेच हबले मलेशियामा ग्रिन टि र साबुन राखेर सदस्य बनाउँदै ठगी  गर्दै अाएकाे छ ।

 

मलेसिया पुगेर तिनै सापकोटालाई लामिछानेले त्यहाँको प्रवासी नेपाली सम्पर्क विभागको सचिवमा बनाए।

ठगहरूकै माध्यम बनाएर महाठगलाई भेट्न लामिछाने रातारात मलेसिया किन गए ? भेटमा के-के भयो? दियोपोस्टले अर्को तथ्य फेला पारेको छ।

स्रोतका अनुसार रवि लामिछानेले दिएकाे बाउन्स गरिएको चेक जिबि राईसँग छ।

राजनीतिमा प्रवेश गर्नुअघि लामिछानेले ग्यालेक्सी टेलिभिजन र त्यसका सञ्चालकसँग सबै हिसाबकिताब चुक्ता गरेको दाबी गरेका थिए।

त्यही हिसाब चुक्ताका क्रममा जिबि  राईलाई लामिछानेले दिएको झन्डै तीन करोड रूपैयाँ बराबरको चेक अहिले जिबी राईसँग छ। तर बाउन्स भएको अवस्थामा।

त्यही चेक आफूलाई फिर्ता गर्न र हिसाबकिताब मिलाउन लामिछाने मलेसिया पुगेको  विश्वस्त स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ।

स्रोतका अनुसार राईसँगको भेटमा लामिछानेले चेक फिर्ता गरेर हिसाबकिताब मिलाउन  अनुनय बिनय समेत गरेका थिए। तर जिबिले चेक फिर्ता नगरिदिएपछि लामिछाने थप तनावमा परेका छन् । जिबी बाउन्स भएकाे चेक लिएर जुनसुकैबेला प्रहरीमा जान सक्ने भए लामिछानेमा छ । साेही कारण उनी तनावमा अाउने गरेका छन् ।

रविको अनुहार बेचेर टेलिभिजन  चलाउने भनेर सहकारीको रकम टेलिभिजनमा खन्याएको जिबि राई लामिछानेले छोडेपछि उनीसँग रूष्ट थिए। पछिल्लो समय कर्मचारीहरूलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेर टेलिभिजनले प्रसारण बन्द गरेको छ।

 

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments