Sunday, March 3, 2024
Homeआर्थिकपृथ्वीनारायण शाहलाई राजवादीहरूले आफ्नो पेवा ठान्न मिल्दैन : रवि लामिछाने

पृथ्वीनारायण शाहलाई राजवादीहरूले आफ्नो पेवा ठान्न मिल्दैन : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहलाई राजावादीहरूले आफ्नो पेवा ठान्न नहुने बताएका छन्।

शुक्रबार राप्रपाको चियापान समारोहपछि पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले पृथ्वीनारायण शाहलाई सबैको साझा बनाउन लाग्नुपर्ने बताएका हुन्।

‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन। सबैको साझा बनाउने काममा लाग्नुपर्छ। राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ,’ उनले भने।

सभापति लामिछानेले राष्ट्रनिर्माताप्रति सम्मान गर्न कसैले कन्जुस्याँइ पनि गर्न नहुने बताए।

‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र  इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाए नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माता प्रतिको सम्मान गर्न कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन,’ उनले भने।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments