Thursday, April 18, 2024
Homeराष्ट्रीयसिसडोलमा रङ्गशाला बनाउने मेयर बालेनको योजना – Nepal Views

सिसडोलमा रङ्गशाला बनाउने मेयर बालेनको योजना – Nepal Views

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले यस्तो योजना राखेका हुन।

सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रङ्गशाला र पार्क बनाउने चाहना रहेको बालेनले बताए।

उनले लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीको वर्चस्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रङ्गशाला पनि आवश्यक पर्ने बताएका थिए।

काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ। महानगरभित्रका ए डिभिजन क्लबलाई महानगरले वार्षिक १० लाख दिने गरेको छ। नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments