Sunday, March 3, 2024
Homeआर्थिकपूर्व उपराष्ट्रपति पुनका छोरा दीपेशविरुद्ध पनि सहकारी ठगी प्रकरणमा उजुरी

पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेशविरुद्ध पनि सहकारी ठगी प्रकरणमा उजुरी

काठमाडौं, २२ माघ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध सहकारी ठगी प्रकरणमा प्रहरीमा उजुरी परेको छ । आज (सोमबार) पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीविरुद्ध पनि उजुरी दर्ता गराएका हुन् । उनी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका महासचिव हुन्।

सूर्यदर्शन सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरेर सञ्चालक जिबी राई फरार छन् । उक्त सहकारीका एक हजार ५६ जनाले पहिले नै उजुरी दर्ता गराइसकेका थिए । आज दीपेश पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत १८ जनालाई विपक्षी बनाएर पुरक उजुरी परेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments