Sunday, March 3, 2024
Homeआर्थिकरवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति तथा संस्थाविरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । सूर्यदर्शन सहकारीका पीडितहरुले रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतविरुद्ध उजुरी दिएका हुन् ।

उनीहरुले प्रहरीमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको छैन् छ । उजुरीका विषयमा केही अनुसन्धान गरेर दर्ता प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पीडितहरुले उजुरीका लागि उल्लेख गरेका संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि रहेको बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments