Thursday, April 25, 2024
Homeआर्थिकभ्रष्टाचार र लुटमा मात्रै देश अघि बढेको छ : राजेन्द्र लिङ्देन

भ्रष्टाचार र लुटमा मात्रै देश अघि बढेको छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद राजेन्द्र लिङ्देनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा राप्रपाका तर्फबाट धारणा राख्दै अध्यक्षसमेत रहेका लिङ्देनले कयौं सन्दर्भमा देश पछाडि सरिराखेको दाबी गरे।

‘भ्रष्टाचार र लुटमा मात्रै अगाडि बढिराखेको छ,’ लिङ्देनले भने, ‘भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्थामा देश छ। तर सरकार सुशासन र प्रगतिका कुरा गर्छ।’

गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको दाबी गरेका थिए। एनसेल, टेरामक्स लगायतमा अनियमितता भएको उनले बताए।

‘ल्याउने र ल्याउन रोकेबापत पनि खाने, ओहो१ योभन्दा अर्को लुटतन्त्र के हुन सक्छरु, सांसद र मन्त्री फरार सूचीमा राखिदिने, चार वर्षदेखि मुद्दा छिनोफानो नगर्नेरु’ उनले प्रश्न गरे।

राप्रपाले पछाडि फर्कने कुरा नगरेको लिङ्देनले बताए। ‘सबै मिलेर नयाँ सम्झौता गरेर नवीन बाटोमा देशलाई लैजाऔं,’ उनले भने।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments