Thursday, April 25, 2024
Homeआर्थिककांग्रेस महासमिति : बन्दसत्र सुरु, उपसभापति खड्काले नीति प्रस्ताव पेश गर्दै

कांग्रेस महासमिति : बन्दसत्र सुरु, उपसभापति खड्काले नीति प्रस्ताव पेश गर्दै

काठमाडौं- नेपाली कांग्रेसको सोमबारदेखि जारी महासमिति बैठकमा बन्दसत्र प्रारम्भ भएको छ। मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र प्रारम्भ हुने भनिए पनि झन्डै दुई घण्टापछि बन्दसत्र प्रारम्भ भएको हो।

बन्दसत्रमा पार्टीको तर्फबाट विभिन्न प्रस्तावहरू पेश हुनेछन्। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

जारी बन्दसत्रमा उपसभापति खड्काले नीति प्रस्ताव पेश गरिरहेका छन्।

फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा मंगलबारदेखि विभिन्न समूहमा रहेर उल्लेखित प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments