Thursday, April 25, 2024
Homeआर्थिककांग्रेस महासमिति बैठक : आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

कांग्रेस महासमिति बैठक : आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो । छलफलका लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ ।

विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ । गोदावरी हलमा कोसी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा वाग्मती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्तावमाथि सुझाव दिन बैठकमा छलफल हुनेछ ।
केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।

सोमबारबाट सुरु भएको महासमिति बैठकमा हिजि मंगलवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका थिए  ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments