Thursday, April 25, 2024
Homeआर्थिकक्यानडा-११ ले टस जित्यो, नेपाल ‘ए’ लाई ब्याटिङको निम्तो

क्यानडा-११ ले टस जित्यो, नेपाल ‘ए’ लाई ब्याटिङको निम्तो

काठमाडौं- नेपाल ‘ए’र क्यानडा-११ एकदिवसीय शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। क्यानडाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल ‘ए’र क्यानडा-११ बीच जारी तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत बिहीबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। 

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

यसअघि भएका दुई खेलमा नेपाल र क्यानडा एक–एक खेल जितेका छन्। पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जितेको थियो।

शृङ्खला १-१ को बराबरीमा रहेको अवस्थामा आज अन्तिम खेल हुँदैछ। आजको खेल जित्ने टोलीले शृंखला आफ्नो कब्जामा पार्नेछ।

नेपाली टोली
विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जीसी।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments