Monday, April 29, 2024
Homeआर्थिकचितवनको विकासको लागि सबैसँग मिलेर काम गर्ने रवि लामिछानेको घोषणा

चितवनको विकासको लागि सबैसँग मिलेर काम गर्ने रवि लामिछानेको घोषणा

काठमाडौं, १८ फागुन । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले चितवनको समग्र विकासको लागि आफू मिलेर काम गर्न तयार रहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चितवन पर्यटनको अथाह सम्भावना बोकेको जिल्ला भएको भन्दै सबै मिलेर सम्भावनालाई यथार्थमा बदल्नुपर्ने पनि आवश्यकत्ता औंल्याएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

घुमौं भरतपुर भन्ने मूल नाराका साथ सुरु भएको “भरतपुर भ्रमण वर्ष-२०२४” को पूर्ण सफलताको शुभकामना छ। मैले चितवन क्षेत्र नं। २ को निर्वाचित सांसद् र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतले यस अभियानलाई सफल पार्न के कस्तो सहयोग गर्नुपर्छ, म सदैव तयार रहनेछु। चितवनले पर्यटनको अथाह सम्भावना बोकेको छ र हामी सबै मिलेर यो सम्भावनालाई यथार्थमा बदल्नु पर्छ । यस अवसरमा भरतपुर लगायत सिङ्गो चितवन घुम्न आउन सबैलाई अनुरोध गर्दछु ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments