Monday, April 29, 2024
Homeआर्थिकरेशम चौधरी भन्छन्- केन्द्रमा अहिले सहभागी हुँदैनौं, सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहन्छ 

रेशम चौधरी भन्छन्- केन्द्रमा अहिले सहभागी हुँदैनौं, सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहन्छ 

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। पार्टी अध्यक्ष रेशम चौधरीले केन्द्र सरकारमा सोमबार नै हुने मन्त्रिपरिषद् विस्तारमा आफूहरु सहभागी नहुने बताएका छन्। 

बालुवाटारको छलफलमा सहभागी भए पनि सरकारमा आजै सहभागी नहुने उनले बताए। तर उनले अहिले बन्न लागेको गठबन्धनलाई समर्थन गर्ने संकेत गरे। उनले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने दाबी पनि गरे। 

Sagarmatha cement
Sagarmatha cement
nimb
nimb

सरकार अब जनताको पक्षमा काम गर्ने हुनुपर्छ। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दाबी उनले गरे। उनले टीकापुर घटनामा थारु विद्रोह भएर बनेकाले थारु मुख्यमन्त्री भएको हेर्न चाहेको उनले बताए। 

‘आजको मन्त्रिपरिषद् विस्तारमा हामी सहभागी हुँदैनौं,’ उनले भने, ‘आज सानो आकारको तीनदेखि पाँच जनाको मन्त्रिपरिषद् बन्दैछ।’
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments