Monday, April 29, 2024
Homeआर्थिकगैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री...

गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । कसैको आदेश नकुरी कानुन नुसार कारबाही गर्न उनले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

मंगलवार बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्,  “देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, करछली गरेको छ, गुन्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन “ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments