Saturday, April 27, 2024
Homeआर्थिकसुन तस्करी सम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

सुन तस्करी सम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन्।

मन्त्रालयमा आइतबार भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

Sarbottam Cement
Sarbottam Cement
nimb
nimb

यस्तै गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन्। त्यसका लागि विनोद चौधरी सहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments