Saturday, April 27, 2024
Homeआर्थिकगृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानबिन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताइन्। उनले आगामी संसद् बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद् अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताइन्। प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको उनको आरोप थियो।

Sarbottam Cement
Sarbottam Cement
nimb
nimb

सांसद न्यौपानेले भनिन्, ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसद्‌ भित्र र जवाफ दिनु अगाडि संसद् बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो। पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन? राज्यको कानूनप्रतिको खेलवाड होइन यो?’

उहाँले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताइन्। उनले प्रतिपक्षलाई संसद्‌ अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरेमा सरकार नचल्ने बताइन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments