Saturday, April 27, 2024
Homeआर्थिकराप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रुपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए ।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराएका पनि प्रवक्ता श्रेष्ठले बताए ।

त्यस प्रसङ्गमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरेका थिए । साथै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्तिहरु नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिएका थिए ।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments