Thursday, March 28, 2024
Homeराष्ट्रीयमेयर बालेनसँग नेम्बाङको ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल

मेयर बालेनसँग नेम्बाङको ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग ग्रासरूट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल गरेका छन्।

‘‘लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्व छ, स्थानीय खेलाडी टिममा हुनै छाडेका छन्, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’’ मेयर बालेनले भने, ‘‘हामी सिसडोलको ल्यान्डफिल साइट काठमाडौंभन्दा १२ किलोमिटर मात्र टाढा छ अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं।’’ टुडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्नमिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताए।

अहिले पनि काठमाडौं महानगरले महानगरमा भएको ए डिबिजनको क्लबहरूलाई प्रत्येक बर्ष १० लाख दिने गरिको छ।
नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै हाल एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले भने, ‘‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौँ। सुशासन, आर्थिक पारदििर्शता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौँ।यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको छु। चुनाव जित्नेमा विश्वस्त छु।’’

छलफलमा उनीसहित उपाध्यक्षका उम्मेद्वार दावा लामा (अहिलेका केन्द्रीय सदस्य) र नवीन पाँडे (फुटबल फ्यान एवम् एन्फाका विदेश विभागका पूर्वप्रमुख) सहभागी थिए।

केन्द्रीय सदस्यको रुपमा दुई दशकअघि एन्फामा प्रवेश गरेका नेम्बाङ २०७४ सालमा उपाध्यक्ष निर्वाचित भएको एक वर्षपछि वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्। एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन राजधानीमा सोमबार हुदैछ, जहाँ बेग्लाबेग्लै प्यानलसहित अहिलेको अध्यक्ष कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ नेतृत्वको दौडमा छन् । फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलको पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments