

काठमाडौँ । काठमाडौं महानगरले महानगरभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातलाई अब एकद्वार प्रणालीमा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सबै कम्पनीहरुसँग सहकार्य गरेर एकद्वार प्रणालीमा सञ्चालन गरिने जानकारी दिएका हुन् । आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सो नीति लिइन लागेको जानकारी दिए ।