Friday, April 19, 2024
Homeराष्ट्रीयमेयर बालेन्द्रले नीति तथा कार्यक्रममा राखे उपमेयर सुनिताको एमफी थिएटरको योजना

मेयर बालेन्द्रले नीति तथा कार्यक्रममा राखे उपमेयर सुनिताको एमफी थिएटरको योजना

स्वतन्त्रबाट मेयरको उम्मेदवारी घोषणा गरेकी सुनितापछि एमालेबाट उपमेयरको उम्मेदवारबनेपछि उनले र्‍यापर समेत रहेका बालेन्द्रलाई ‘कोही-कोही गायकहरू पनि उम्मेदवार बनेका छन्। हामीले जितेपछि उहाँहरूलाई गाउन एमफी थिएटर बनाएर गीत गाउन दिउँला’ भनेकी थिइन्।

डङ्गोलसँगै मेयरका उम्मेदवार बनेका केशव स्थापित पराजित भए। बालेन्द्र मेयर बने। तर आइतबार मेयरको हैसियतमा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा बालेन्द्रले डङ्गोलको वाचा अनुसारको कार्यक्रम घोषणा गरे।

नीति तथा कार्यक्रममा ‘कला क्षेत्रलाई प्रवर्द्धन गर्न महानगर क्षेत्र भित्रका डबलीहरूको पुनर्स्थापना र एम्फी थिएटर निर्माण गरिने’ उल्लेख छ।

नीति तथा कार्यक्रममा निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरेर काठमाडौँमा होमस्टे सञ्चालन गर्ने तर त्यसको प्रारम्भ हाँडी गाउँ क्षेत्रबाट सुरु गरिने उल्लेख छ।

नीति तथा कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भू र वसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भू र बौद्धको व्यवस्थापन काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने समेत राखिएको छ।

कार्यक्रममा काठमाडौँ महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने, तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने, प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने,महानगरपालिका मातहतका सबै कार्यालयमा सिसी क्यामेरा जडान गरिने उल्लेख छ।

यसै गरी डबलीहरू पुनर्स्थापना गर्ने, करदाताको स्वास्थ्य बिमामा बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा समेत राखिएको छ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window, document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘345401443161992’);
fbq(‘track’, ‘PageView’);

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments