Saturday, April 20, 2024
Homeराष्ट्रीयदुई अर्ब १३ करोडको भ्रष्टचार मुद्धा लागेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पाए...

दुई अर्ब १३ करोडको भ्रष्टचार मुद्धा लागेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पाए सफाई


काठमाडौं ५ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष विक्रम पाण्डेले भ्रष्टचार मुद्धामा सफाई पाएका छन् ।

दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा उनलाई विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिएको हो ।

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै, अख्तियारले आयोजना प्रमुख, सिचाइ विभागका इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

खुल्ला मञ्च छेउमा अन्डर ग्राउन्ड पार्किङ, लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने मेयर बालेन शाहको घोषणा (पूर्णपाठ सहित ) : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।
‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए ।

स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने सौभाग्य पाएका मेयर शाहले नीति तथा कार्यक्रममार्फत काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा साक्षरता नगरको घोषणा गर्नेदेखि सहरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको हबको रुपमा विकास गर्ने समेत घोषणा गरेका छन् ।

यस्तै उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय नेवारी पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

यस्ता छन् महानगर नीति तथा कार्यक्रमका मुख्य आकर्षण
महानगरको नीति तथा कार्यक्रममा शिक्षा सुधार योजना तर्जुमा गर्ने भएको छ। विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार पर्ने भएको छ। निजी विद्यालयहरुको शुल्क पुनरवलोकन गर्ने नीति तथा कार्यक्रममा छ।

दरबार हाइस्कुललाई राष्ट्रिय स्तरको नमूना विद्यालयको रुपमा सञ्चालन गर्ने आवश्यक प्रबन्ध मिलाउने उल्लेख रहेको छ। आवासीय संस्थागत विद्यालयमा कम्तीमा १ जना चिकित्सकको प्रबन्ध गर्ने व्यवस्था गर्ने उल्लेख रहेको छ।

स्वास्थ्य सम्बन्धी नीतिमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गर्ने भएको छ। महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ। एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ।

एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गर्ने भएको छ। हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ। यसका लागि आबश्यक उपकरण तथा जनशक्तिको उचित व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको स्तरोन्नति, बसस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टेलिभिजन, इन्टरनेट लगायतका तारहरु भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख रहेको छ।

निजी क्षेत्रसँगको सहकार्यमा सार्बजनिक शौचालयहरु संचालन तथा व्यवस्थापन गरी शौचालयको सुविधामा नागरिकको सहज पहुँच वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ। महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने र बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने नीति ल्याएको छ।

साविकमा महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित भवनको प्रवलिकरण गर्ने, तिनकुनेको जग्गा बिबाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघिय सरकारसगं समन्वय गरी गर्ने र काठमाडौँ उपत्यकाको मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयाहरुसंग सहकार्य गर्ने उल्लेख छ।

यातायातलाई व्यवस्थित गर्न निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यका भित्र संचालनमा रहेका सार्बजनिक सवारी साधानमा जीपीएस ट्रकिङ सिस्टम सहितको सिसिटिभी जडान गर्ने छ। यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने उल्लेख रहेको छ।

भर्टिकल पार्किङ निर्माणकालागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने उल्लेख रहेको छ। खुल्ला मञ्चमा रिभर्स बोरिङ सहितको भूमिगत पार्किङका लागि पूर्वधार निर्माण सम्भाव्यता अध्ययन गर्ने भएको छ।

संस्कृति सम्पदा तथा पर्यटनसंग सम्बन्धी नीतिमा बिश्व सम्पदा सूचीमा सूचिकृत पशुपती, बौद्ध, स्वयम्भू र बसन्तपुर क्षेत्रको संरक्षण गरिनेछ। स्वयम्भू र बौद्धको ब्यबस्थापन काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने छ।

सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यकाभित्रका सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि सञ्चालन गर्ने भएको छ। फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आवश्यक प्रबन्ध मिलाउने नीति तथा कार्यक्रमा उल्लेख छ।

महानगरक्षेत्रभित्र मनाइने जात्रा,पर्व, मेला, पूजा, परम्परागत जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल बनाउने भएको छ। प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाउने उल्लेख छ।

नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न पहल गर्ने व्यवस्था नीति लिएको छ। काठमाडौँमा संचालन हुने बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गर्नेछ। फोहोर व्यवस्थापन गर्न स्रोतमा नै वर्गिकरण गर्ने व्यवस्था मिलाउने भएको छ।

महानगरको सेवालाई चुस्त बनाउन सिसिटिभी जडान गर्ने छ। हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष संवाद कार्यत्रम सञ्चालमा ल्याएने भएको छ। एक वर्षभित्रमा काठमाडौं महानगरपालिकाको प्रथम आवधिक योजना २०७९–२०८४ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ।

महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालमा लिने दिने कार्यलाई कम्पनीमार्फत व्यवस्थित गर्न आबश्यक प्रबन्ध मिलाइने कार्यक्रम रहेको छ।
७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ। ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिहरुलाई काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुसँग समन्वय गरी नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गर्ने भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments