Friday, April 19, 2024
Homeराष्ट्रीयकस्ता ल्याए बालेन्द्रले काठमाडौँ बदल्ने योजना ? सुनिताको सपना पनि नीति कार्यक्रममा

कस्ता ल्याए बालेन्द्रले काठमाडौँ बदल्ने योजना ? सुनिताको सपना पनि नीति कार्यक्रममा

काठमाडौँँ — काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । काठमाडौँ महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज दिउँसो राष्ट्रिय सभागृहमा भएको नगर सभामा मेयर बालेन्द्र साहले महानगरको ११ औं नीति तथा कार्यक्रम प्रस्तुत गरे । मेयरमा निर्वाचित भएपछि पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेका साहले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गर्ने उल्लेख गरेका छन् । त्यस्तै महानगरबासीका स्वास्थ्यमा सुधार गर्नका लागि कर दाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा समेत गरेका छन् ।

काठमाडौँलाई स्वच्छ शहरको रुपमा विकास गर्ने उद्देश्यका साथ सहरी सौन्दर्यलाई हरियाली बनाउन महानगरभित्र ‘एक घर एक रुख अभियान सञ्चालन’ गर्ने भएको छ । राजधानीमा पैदलयात्रीका लागि आवत जावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ अबदेखि सडकका पेटीमा व्यापार गरेर बसेका व्यापारीलाई फुटपाथमा व्यापार गर्न नदिने नीति पनि महानगरले लिएको । जनतासँग प्रत्यक्ष रुपमा जोडिन मेयर शाहले जनतासँग मेयर कार्यक्र सञ्चालनमा ल्याउने भएका छन् । जसअन्तर्गत मेयर शाहले महिनाको प्रत्येक आइतबार नागरिकको गुनासको सुन्ने छन् । त्यस्तै उनले बस स्टपका लागि परम्परागत विश्राम स्थलका रुपमा फल्चा निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

काठमाडौँ महानगरले यातायात सहजीकरणको लागि मेट्रो रेल स्थापना गर्ने नीति अघि सारेको छ । मेट्रो रेल स्थापना सम्भाव्यताको अध्ययन गर्न सरकारी तथा अन्य निकायसँग सहकार्य गरिने नीति लिएको छ । महानगर क्षेत्रभित्र रहेका सरकारी, निजी, सार्वजनिक संघ संस्थाहरुको खाली रहेको जग्गामा पानी हाल बोरिङ गरी पानी निकालिएको ठाउँमा रिभर्स बोरिङ गर्ने नीति पनि ल्याएको छ । त्यस्तै महानगर भित्रका पुराना हिटी तथा पोखरीहरु पुनस्थापना र संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरबासीका मुख्य समस्या फोहोर व्यवस्थापन, पानीको दीर्घकालीन समाधान गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै वडा कार्यलयहरूमा स्वास्थ्य परीक्षण, भरपर्दो अनलाइन प्रणाली, यातायात तथा पूर्वाधार विकास, शौचालय व्यवस्थापन र निर्माण, प्रदूषण नियन्त्रण, सम्पदा संरक्षण, सडक व्यवस्थापन लगायतका विषयहरु समेटिएका छन् ।
आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९÷८० को बजेट आउने छ ।

(function (d, s, id) {
var js,
fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id))
return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=40151482661930” +
“1”;
fjs
.parentNode
.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments