Friday, April 19, 2024
Homeराष्ट्रीयकाठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

आइतबार काठमाडौँ महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो।

मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइनेसमेत बताए।

प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र संचालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेष्ट (zero waste) कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।


मेयर साहले फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिकालगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा ‘वेष्ट टु इनर्जी’ प्लान्ट जडान गर्ने नीति लिइने पनि बताए। महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिने उल्लेख गर्दै उनले ती ठाउँहरुमा पार्क निर्माण गरिने बताए।

नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आइतबार ‘जनतासँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ।

त्यसैगरी महानगरपालिकाका सबै कार्यालयहरुमा सिसीटिभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको पनि मेयर साहले बताए। महानगरपालिकामा हलुका सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणा अनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ।

मेयर साहले कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गरिने बताए। महानगरभित्र घर जग्गा तथा जग्गा बहालमा लिने/दिने कार्यलाई कम्पनीमार्फत् व्यवस्थित गर्न आवश्यक व्यवस्था मिलाउने, महानगरपालिकाको कर संकलनका लागि व्यवस्था गरेको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरी सबै कर तथा गैरकरलाई करदाताको पहुँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाउने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

बाह्य विज्ञापन गर्ने स्थान एकीन गरी तोकिएको स्थान र साइजमा मात्र विज्ञापन सामग्री राख्ने व्यवस्था मिलाउने प्रबन्ध पनि नीति तथा कार्यक्रममा रहेको छ। मेयर साहले साविकमा रहेका विज्ञापन सामग्रीहरुलाई स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने पनि बताए।

काठमाडौँ महानगरपालिकामा रहेको सवारीसाधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ। मेयर साहले सो अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताए।

बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ। मेयर साहले फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न निश्चित स्थान र समय तोकी बजार व्यवस्थापन गर्ने बताए।

महानगरपालिकाले स्थानीय समुदायलाई करेसाबारी, कौसीबारी तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने नीति पनि लिने भएको छ। महानगरबासीलाई सर्वशुलभ तबरले तरकारी, फलफूलहरुको आपूर्ति गर्ने व्यवस्थाका लागि शीत भण्डारको व्यवस्था गर्ने योजना पनि ल्याइएको मेयर साहको भनाइ थियो। उनले महानगरपालिका भित्रिने खाद्यबस्तुको गुणस्तर परीक्षणको पनि व्यवस्था मिलाउने बताए।

काठमाडौँ महानगरभित्र रहेका सबै शैक्षिक परामर्श केन्द्र र टयूसन कक्षा सञ्चालन गर्ने संस्थाको नियमन पनि हुने भएको छ। महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो व्यवस्था गरिने उल्लेख गरिएको हो।

त्यसैगरी दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालयको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने कुरा पनि उल्लेख गरिएको मेयर साहले जानकारी दिए।

सामुदायिक विद्यालयहरुमा नियमित स्वास्थ्य परीक्षण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा आएको छ। आवासीय विद्यालयहरुमा कम्तिमा एक जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनीकरण लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने मेयर साहले बताए।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src=”https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments