Wednesday, April 24, 2024
Homeराष्ट्रीयकाठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, खाली जग्गामा पोखरीदेखि फल्चा निर्माण गरिने...

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, खाली जग्गामा पोखरीदेखि फल्चा निर्माण गरिने « Imagekhabar – Online News Portal of Nepal

फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने बताउनुभयो । नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ । कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।

यस्तै, महानगरले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने जनाएको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्नुका साथै डबलीहरु पनि पुनस्थापना गर्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले काठमाडौं महानगरभित्र रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गरिने उल्लेख गर्नुभयो । बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताइएको छ ।

उहाँले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति समेत लिएको जानकारी दिँदै पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी हुने छ । महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments