Friday, March 29, 2024
Homeराष्ट्रीयकाठमाडौंको नीति तथा कार्यक्रमको नारा साँस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौंको नीति तथा कार्यक्रमको नारा साँस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफनो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार उनल सार्वजनिक गरेको नीति तथा कार्यक्रमको मुख्य नारा काठमाडौंलाई साँस्कृतिक सहर, समृद्ध महानगर बनाउने लक्ष्य लिइएको छ ।

यसलाई उनले महानगरपालिकाको दीर्घकालीन सोच रहेको बताएका छन ।

उनले काठमाडौंको सँस्कृति र सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने बताएका छन् ।

त्यस्तै, आधुनिक सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोग गरेर सहरलाई जीवन्त बनाउने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।

साँस्कृति पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर नयाँ योजना तथा कार्यक्रम सन्चालन गर्ने उद्देश्य पनि नीति तथा कार्यक्रमले लिएको छ ।

त्यस्तै, स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौंलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments