Friday, April 26, 2024
Homeराष्ट्रीयहरिशरण लामिछानेले घोषणा गरे स्वतन्त्र उमेदवारको सञ्जाल, अटाएनन् भाइ रवि 

हरिशरण लामिछानेले घोषणा गरे स्वतन्त्र उमेदवारको सञ्जाल, अटाएनन् भाइ रवि 

काठमाडौं । राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उमेदवारहरूको सञ्जाल निर्माण गरेका छन् ।प्रदेश र प्रतिनिधि सभा निर्वाचनको संघारमा देश रहेको अवस्थामा लामिछानेले सोमबार स्वतन्त्र उमेदवारहरूको सञ्जाल निर्माणको अभियान सुरू भएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए । 

“देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिनेछ,” विज्ञप्तिमार्फत उनले जानकारी गराए । लामिछानेका अनुसार उनी काठमाडौं–३ बाट उमेदवारी दिने स्वतन्त्र सञ्जालमा सहमति भएको छ । 

Agani Group

यस्तै, काठमाडौं–१ मा पुकार बम, काठमाडौं–५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमीले उमेदवारी दिने भएका हुन् । विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने भएका छन् । विज्ञप्तिमार्फत लामिछानेले असार १७ र १८ गते राष्ट्रिय भेला बोलाइएको र त्यसले अन्तिम निर्णय गर्ने उल्लेख गरेका छन् । 

उनले अर्का स्वतन्त्र उमेदवार बन्ने तयारीमा रहेका रवि लामिछानेको विषय भने उल्लेख गरेका छैनन् । रवि उनका भाइ हुन् । रविले भने मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर आफ्नो राजनीतिक विषयमा प्रष्ट पार्ने तयारी गरेका छन् ।

Global bank


Nepal Investment bank


Nepal Investment bank


सोमबार, असार ६, २०७९, १२:०७ मा प्रकाशित

  • #स्वतन्त्र उमेदवारहरू

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments