Thursday, March 28, 2024
Homeराष्ट्रीयरवि लामिछानेको ‘घोषणा सभा’को अघिल्लो दिन दाइ हरिशरणले घोषणा गरे ‘स्वतन्त्र सञ्जाल’

रवि लामिछानेको ‘घोषणा सभा’को अघिल्लो दिन दाइ हरिशरणले घोषणा गरे ‘स्वतन्त्र सञ्जाल’


काठमाडौं : पत्रकार रवि लामिछानेले ‘घोषणा सभा’ कार्यक्रम राखेको एकदिन अघि उनका आफ्नै दाइ तथा सञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उमेदवारहरूको सञ्जाल निर्माण गरेका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको संघारमा देश रहेको अवस्थामा लामिछानेले सोमबार स्वतन्त्र उमेदवारहरूको सञ्जाल निर्माणको अभियान सुरू भएको घोषणा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका छन् ।

हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं–३ बाट, रन्जु दर्शना काठमाडौं–५, पुकार बम काठमाडौं– १ र सुमन सायमी काठमाडौं–८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

यता हरिशरणका साख्य भाइ रवि पनि प्रतिनिधिसभाको चुनावमा काठमाडौं–३ बाट गृहकार्यमा छन् ।

रविले भने भोलि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आफ्नो राजनीतिक अभियानबारे घोषणा गर्दैछन्।

आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन चाहनेहरुको राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा हुने पनि उनले जानकारी दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments