Friday, April 26, 2024
Homeराष्ट्रीयमेयर बालेन्द्रले बदल्न सक्ने महानगरका सात दृश्य

मेयर बालेन्द्रले बदल्न सक्ने महानगरका सात दृश्य

उनले उम्मेदवार बन्दै गर्दा शिक्षा, स्वास्थ्य अनि यहाँका पुरातात्त्विक र सांस्कृतिकसँगै ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने, सडकहरूलाई पैदल यात्री मैत्री बनाउने वाचा समेत गरेका थिए।

उनले सबैभन्दा धेरै जोड काठमाडौँ महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयको भौतिक र वातावरणमा सुधार गर्ने, पुराना हिटीहरूको सुधार गर्ने, धार्मिक स्थलहरूको संरक्षण गर्ने वाचा गरेका थिए। यो बिचमा उनले महानगरवासीको गुनासोको सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याए।

सडकका खाल्डा पुर्न पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याए पनि उनका अगाडि सम्पन्न गर्नुपर्ने कामको चाङ छन्। अहिले बालेन्द्र मेयरको रूपमा काम गर्दै गर्दा उनले सुधारको वाचा गरेका सांस्कृतिक, धार्मिक अनि ऐतिहासिक क्षेत्रको अवस्था के छ? महानगर अन्तर्गत रहेका डेढ सय बढी सामुदायिक विद्यालयको भौतिक अवस्था के रहेछ, ढुंगेधारा अनि महानगर अन्तर्गतका भित्री सडकको अवस्था के छ भनेर उकेराकर्मीले अनुगमन गरेको थियो।

यहाँ  सात क्षेत्रका तस्बिरमा तीनै अवस्थाहरू राखेका छौँ।

१-सहरी क्षेत्रकै सडक भरी खाल्डाखुल्डी

रिङ रोड लगायतका ठुला सडक महानगरपालिकाको क्षेत्राधिकार भित्र नपरे पनि भित्री सडकको निर्माण र मर्मतको जिम्मा महानगरकै हो। महानगरपालिकाको भवनबाट एक किलोमिटरको दुरीमा रहेको धरहरा क्षेत्रको सडकमा पुग्दा अति अव्यवस्थित र खाल्डाखुल्डी रहेको देखियो।

२- टहराको बास, दिक्क लाग्दा कक्षाकोठा

काठमाडौँका एक सय ७० भन्दा बढी विद्यालय स्थानीय सरकार अर्थात् काठमाडौँ महानगरपालिका मातहत छन्। ती विद्यालयका अवस्था कस्तो होला ? नमुनाका लागि उकेराकर्मी वडा नम्बर ६ मा रहेको परिचित ‌महेन्द्र बौद्ध सेकेन्डरी स्कुलमा पुग्दा बिजोग देखियो।

२०७२ सालको भूकम्पले भत्काएको मूल भवन अझैँ बनेको छैन। मर्मतको काम चलिरहेको रहेछ। भवन नहुँदा विध्यार्थीहरु चौरमा टिनले बारेको कक्षा कोठामा बस्न बाध्य भएको दृश्य देखियो।

३- सुकेको ढुंगेधारा

‌बालेन्द्र शाहले उम्मेदवारको रूपमा होस् या मेयरमा निर्वाचित भइसकेपछि काठमाडौँका पुराना ढुंगेधाराको जीवन फर्काउने कसमै खाइरहेका छन्। उनको पहिलो प्राथमिकता सुन्धारामा कलकल पानी बगाउने देखिन्छ। उनी सो क्षेत्रको अनुगमनमा समेत पुगिसक्यो। उकेराकर्मी भने तम्सिपखा -१८, योगवीर सिंह मार्गमा पुग्दा त्यहाँको ढुंगेधाराको अवस्था यस्तो देखियो।

४- त्रिचन्दको ध्वस्त संरचना

‌घन्टाघर रहेको ऐतिहासिक त्रिचन्द्र कलेजको पुरानो भवन जति जोखिमपूर्ण भए पनि न शिक्षा मन्त्रालयले बनाउन चासो देखाएको छ न महानगरपालिकाले नै वास्ता गरेको छ। कक्षा कोठाको अभावमा जोखिमपूर्ण भए पनि विध्यार्थीहरु त्यही कुनै पनि बेला थिच्न सक्ने जोखिम भएको भवनमा पढ्न बाध्य छन्। मेयर शाहको पनि त्यता त्यत्ति ध्यान गएको देखिएको छैन।

५- फुटपाथविहीन भित्री सडक

ठमेलको क्षेत्रपाटी हिँड्दा सडक साँघुरो त छ नै फुटपाथको अभावमा पैदलयात्रीहरु जोखिम मोलेर सडकबाटै ओहोरदोहोर गर्न बाध्य भइरहेको दृश्य देखियो। भित्री सडकको संरचना निर्माणको जिम्मेवारी महानगरको हो। शाह सडक विस्तार गरेर बस्ती हटाउने योजनाको विपक्षमा देखिन्छन्। सडक चौँडा नगरे पनि बटुवा हेर्ने पेटीको निर्माण गर्ने अनि सडकको आकार अनुसारको सवारीसाधन चलाउन दिने निर्णय त पक्कै गर्न सकिन्छ नै।

६-भत्केको महानगरको भवन

केशव स्थापित काठमाडौँ महानगरपालिकाको मनोनीत मेयर हुँदा उनले बढो मिहिनेतले बागदवारलाई स्थानीय तह मातहत ल्याएर काठमाडौँ महानगरपालिकाको नाममा लालपुर्जा बनाएका थिए। २०७२ को भूकम्पमा बागदरवार चिराचिरा पर्‍यो। अहिले महानगरको कार्यालयहरू छरिएर रहेका छन्। तर सो भवन बनाउने सक्रियता देखिएको छैन। नीति तथा कार्यक्रममा बालेन्द्र शाहले सो भवन रेक्ट्रो फिटिङ गर्ने दाबी गरेका छन्।

७- महानगरको सहरी स्वास्थ्य क्लिनिकको बिजोग पारा

यो हो काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को सहरी क्लिनिक। उकेराकर्मी त्यहाँ पुग्दा तीन जना जनस्वास्थ्यकर्मी थिए। उनीहरूका अनुसार यो क्लिनिकको काम सरकारले घोषणा गर्ने खोप लगाउनेमै सीमित देखियो। त्यहाँ सामान्य स्वास्थ्य परीक्षण समेत हुने गरेको छैन।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window, document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘345401443161992’);
fbq(‘track’, ‘PageView’);

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments