Thursday, April 25, 2024
Homeराष्ट्रीयमेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च

मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय निर्वाचनको दौरान भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख ९४ हजार खर्च गरेका छन् ।

खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नुपर्ने भएपनि विभिन्न कारणले ढिलाइ भएको भन्दै उनले माफी पनि मागेका छन् ।

“हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रुपैयाँ भएको छ । जसमा मत गणनाको समयमा मात्रै एक लाख भन्दा बढी भएको थियो । मत गणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उमेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ,” उनले भनेका छन् ।

साथै उनले नागरिकको साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गर्न आफू हरसमय खटिरहने पनि बताएका छन् ।

आजै मात्र नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले उनलाई सामाजिक सञ्जालमा चर्चित पेज ‘रुटिन अफ नेपाल बन्द’लाई कतिमा हायर गरेको भनी बालेनलाई प्रश्न गरेकी थिइन् ।

No photo description available.


Nepal Investment bank


Nepal Investment bank


सोमबार, असार ६, २०७९, २१:३० मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments