
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले राजनीति घोषणा गर्नुअघि पशुपतिनाथको दर्शन गरेका छन् । रविले आज बिहान पशुपतिनाथको दर्शन गरेको दीपक बोहराले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
रविले बिहीबार आफू पूर्णकालीन राजनीतिमा प्रवेश गर्ने बताउँदै असार ७ गते आज काठमाडौंको सभागृहमा भेला गर्ने बताएका थिए । सोहीअनुसार नै आज १ बजे रविले भेला गर्दै छन् ।
अहिलेसम्म नयाँ पार्टी खोल्ने, स्वतन्त्र उमेदवार बन्ने वा कुनै दलमा प्रवेश गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन । रवि संसद्को चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।
मंगलबार, असार ७, २०७९, ११:४८ मा प्रकाशित
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));