Saturday, April 20, 2024
Homeराष्ट्रीयरवि लामिछानेको पार्टीमा आजीवन नरहने दाइ हरिशरणको घोषणा

रवि लामिछानेको पार्टीमा आजीवन नरहने दाइ हरिशरणको घोषणा

काठमाडौं । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भाइ रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा नरहने घोषणा गरेका छन् । 

उनले रवि लामिछानेले आज घोषणा गरेको नयाँ पार्टीमा परिवारवाद नरहने बताएका छन् । हरिशरणले सोही कुराका कारण पनि आफू उक्त पार्टीमा नरहने बताएका हुन् । 

“दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रूपले संलग्न हुने त कुरै भएन । राजनैतिक रूपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु,” उनले फेसबुकमा लेखेका छन् । 

उनले भाइ रविलाई बधाई दिँदै परिवारवादलाई निषेध गर्नु राम्रो प्रयास पनि भएको बताएका छन् । 

हरिशरणले पार्टी प्रवेश गर्दा नाता अप्रमाणित भएको प्रमाणपत्र लिन पनि सुझाएका छन् । 

“कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला । पछि आपसी मायाप्रेममा परी  बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है,” उनले लेखेका छन् ।


Nepal Investment bank


Nepal Investment bank


मंगलबार, असार ७, २०७९, १५:४३ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments