
काठमाडौँ, ७ असार ।
रवि लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ राष्ट्रवादी दलले लिइसकेको भेटिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रममा लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका थिए । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने बताएका थिए ।
रवि लामिछानेले चाहेको ‘घण्टी’ अर्कै दलले पाएको खुल्न आएको छ । ‘घण्टी’ चुनाव चिन्ह २०७३ मंसिर ३० गते निर्वाचन आयोगमा दर्ता भएको दल ‘ राष्ट्रवादी’ पार्टीले लिइसकेको छ । नारायण गोपालमार्ग काठमाडौंमा कार्यालय रहेको सो दलका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

भरतपुरलाई सुन्दर र लगानीमैत्री सहर बनाउछौ: मेयर दाहाल

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत
यो पनि हेर्नुहोस

भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

गोकर्ण मल्लको `शुभारम्भका पाइलाहरू´ सार्वजनिक
