Wednesday, April 24, 2024
Homeराष्ट्रीयरवि लामिछानेको पार्टीको चुनाव चिन्ह अर्कैको नाममा !

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह अर्कैको नाममा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेको चुनाव चिन्ह अर्कैको नाममा रहेको पाइएको छ ।

राष्ट्रियसभा गृहमा मंगलबार एक कार्यक्रमम आयोजना गरेर उनले नयाँ दल घोषणा गरेका थिए । भने पार्टीको चुनाव चिन्ह ‘घण्टी’ रहेको घोषणा गरेका थिए ।



तर उक्त चुनाव चिन्ह ‘घन्टी’ राष्ट्रवादी पार्टीका नाममा २०७३ मङ्सिर ३० गते निर्वाचन आयोगमा दर्ता रहेको भेटिएको हो । राष्ट्रिय सभागृहमा आज दिउँसो पार्टी घोषणा गरेका उनी दल दर्ताका लागि अपरान्ह बहादुर भवनस्थित आयोगको कार्यालय पुगेका थिए ।

नयाँ पार्टी घोषणा गर्दै लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ‘राइट टु रिकल’ को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।

उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments