Thursday, April 25, 2024
Homeराष्ट्रीयरवि लामिछानेले खोले नयाँ पार्टी : महासचिव र पदाधिकारी खोज्दै

रवि लामिछानेले खोले नयाँ पार्टी : महासचिव र पदाधिकारी खोज्दै

चुनाव चिन्ह घन्टी अर्कैको नाममा


काठमाडौं : सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरे । उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएको जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको पनि जानकारी दिए ।

पार्टीको २१ सदस्यीय कमिटीमा को को छन् ? त्यो भने उनले केही बताएनन् । लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए। ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌सदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।

स्रोतका अनुसार लामिछानेको पार्टीको कुनै पनि पदाधिकारी टुङ्गो लागेको छैन । उनी निकट एक पत्रकारले भने, ‘एक हिसाबले भन्दा हामी पदाधिकारीहरुको खोजीमा छौं ।’

चुनाव चिन्ह घन्टी अर्कैको नाममा

‘राष्ट्रिय स्वतन्त्र दल’ घोषणा गरेका रवि लामिछानेले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घन्टी’ अर्कै पार्टीको नाममा निर्वाचन आयोगमा दर्ता रहेको भेटिएको छ । उक्त चिन्ह राष्ट्रवादी पार्टीका नाममा २०७३ मङ्सिर ३० गते दर्ता भएको पाइएको हो ।

लामिछानले दल दर्ताको लागि आयोगमा दिएको निवेदनमा पनि घन्ट चिन्ह मागिएको छ । राष्ट्रिय सभागृहमा आज दिउँसो पार्टी घोषणा गरेका उनी दल दर्ताका लागि अपरान्ह बहादुर भवनस्थित आयोगको कार्यालय पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र दलले प्रस्ताव गरेको घन्ट चिन्ह अर्कै पार्टीको हो ? भन्ने प्रश्नमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बुझेर मात्रै भन्न सकिने जवाफ दिए । आयोगमा सयभन्दा बढी पार्टी दर्ता भएकाले सबैको चुनाव चिन्ह थाहा नहुने भन्दै उनले एउटा दलको चिन्ह अर्कोले नपाउने बताए ।

२०७३ पछि थुप्रै पार्टीहरु खारेज भएको शर्माको भनाइ छ । खारेज भएको एक वर्षसम्म पनि उसको चिन्ह अर्को पार्टीलाई नदिने व्यवस्था रहेको पनि उनले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments