Friday, April 19, 2024
Homeराष्ट्रीयरवि लामिछानेलाई रविन्द्र मिश्रको सुझाव : हाम्रो कमजोरीबाट सिक्नू

रवि लामिछानेलाई रविन्द्र मिश्रको सुझाव : हाम्रो कमजोरीबाट सिक्नू

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आफूले गरेका कमजोरीबाट सिक्न रवि लामिछानेलाई सुझाव दिएका छन्।

आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका पूर्वपत्रकार लामिछानेलाई शुभकामना दिँदै मिश्रले रविमाथि आफूले धेरै आशा राखेको बताए।

‘‘तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी’’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु!’’

लामिछानेले २ असारमा पत्रकारिता छोडेर राजनीतिमा आउने घोषणा गरेका थिए। आज उनले राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी आफ्नो नयाँ पार्टीको औपचारिक घोषणा गरेका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments