Friday, April 26, 2024
Homeराष्ट्रीयरवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

७ असार, काठमाडौं ।  सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।

यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए । उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने  र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए ।

लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments