Thursday, April 18, 2024
Homeराष्ट्रीयरवि लामिछानेको पार्टीको नाम ‘स्वतन्त्र’ राखिएको भन्दै आलोचना

रवि लामिछानेको पार्टीको नाम ‘स्वतन्त्र’ राखिएको भन्दै आलोचना

काठमाडौं। संञ्चारकर्म छोडेर राजनीति गर्ने घोषणा गर्दै नयाँ दल दर्ता गर्ने प्रक्रिया शुरू गरेका रवि लामिछानेले दलको नाममा स्वतन्त्र शब्द राखिएको भन्दै आलोचना भएको छ। मंगलबार लामिछानेले घोषणा गरेको दल स्वतन्त्र राष्ट्रिय पार्टीको नाममा ‘स्वतन्त्र’ राखिएपछि राजनीतिकर्मी तथा अधिकांश स्वतन्त्र व्यक्तित्वहरूले नै उनको आलोचना गरेका हुन्

टेलिभिजन कार्यक्रममार्फत जनताका गुनासो सुनेर सबैमाझ राम्रो छवि बनाउन सफल लामिछानेले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द राखेपछि आलोचनाका पात्र बनेका छन्। यस विषयमा सामाजिक सञ्जालमा आक्रोश व्यक्त भएका छन्।

स्वतन्त्र उम्मेदवारीको तयारी गरिरहेकाहरू आयोग जाँदै

कतिपयले स्वतन्त्र युवाहरूले दलको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन्।
स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू केहीले निर्वाचन आयोगमा दलको नाम स्वतन्त्र नराखियोस् भन्दै प्रोटेष्ट निवेदन दर्ता गर्न लागेका बताइएको छ।

 

स्वतन्त्र व्यक्तिहरूले स्वतन्त्र हुन पाउनेको अधिकार हनन भएको आरोप

सामाजिक सञ्जालमा आलोचना भएका विषय मध्य सबैभन्दा चर्चामा छ ‘‘स्वतन्त्र व्यक्तिले स्वतन्त्र पनि भन्न किन नपाउने?’’

कतिपय स्वतन्त्र व्यक्तिहरूले ‘‘स्वतन्त्र हुन पाउनेको अधिकार समेत हनन् गरिएको र अब नेपालमा कोही पनि स्वतन्त्र हुन नपाउने भए’’ भन्दै रविले आलोचना भइरहेको छ।

कतिपयले ‘‘राजनीति पार्टी भएकाले कहिल्यै पनि स्वतन्त्र हुन नसक्ने’’ तर्क राखेका छन्। केहीले भने ‘‘स्वतन्त्र चुनाव जित्नेहरू सबै आफ्नो पक्षमा रहेको देखाउन आम नागरिकमा भ्रम छर्न खोजिएको भन्दै’’ आलोचना गरिरहेका छन्।
‘‘स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो?’’ भन्दै रविकै सहोदर दाजु हरिशरण लामिछानेले समेत कटाक्ष गरेका छन्। उनले राजनैतिकरुपमा उक्त पार्टीमा जीवनभर नलाग्ने घोषणा नै गरे।

यस्तै पूर्वमन्त्री तथा माओवादी नेता हाल स्वतन्त्र जीवनयापन गरिरहेका लोकेन्द्र विष्टले पनि आपत्ति जनाएका छन्। रवि लामिछानेले दलको नाममा स्वतन्त्र शब्द जोडिएकोप्रति उनले कटाक्ष गर्दै ‘‘पार्टी पनि स्वतन्त्र ! ’’ भनेका छन्।

स्वतन्त्र जितेकाको ‘सेन्टिमेन्ट’लाई ‘क्याच’ गर्न लागेको आरोप

नेपाली बृहत् शब्दकोशमा ‘स्वतन्त्र’ भन्नाले कसैप्रति संलग्न नभएको तटस्थ भनेर बुझिन्छ। चलनचल्तीको भाषामा पनि ‘स्वतन्त्र’ भन्नाले कुनै पनि दलमा संलग्न नभएको भनेर राजनीतिक क्षेत्रमा बुझिन्छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एक महानगर र अन्य केही उपमहानगरमा राजनीतिकबाहेकका केही स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए। उनीहरु कुनै पनि सङ्गठन वा दलमा नलागी स्वतन्त्ररुपमा उम्मेदवारी दिई निर्वाचित भएका छन्। त्यही ‘सेन्टिमेन्ट’लाई ‘क्याच’ गर्न उनले पार्टीमा स्वतन्त्र थपिएको समेत कतिपयले आशंका गरेका छन्। सामाजिक सञ्जालमा देखिएका आलोचनामा यी विषयमा कतिपयले लेखेका छन्।

उनको पार्टीलाई रवीन्द्र मिश्र, मिलन पाण्डेलगायतका नेताहरूले भने समर्थन गर्दै आफूहरूको कमजोरीबाट सिक्न भनेका छन्।

वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने भन्दै गठन गरिएको आफूहरूको पार्टीले आन्तरिक विवादका कारण सफलता हासिल गर्न नसकिरहेको बेलामा उनीहरूले यस्ता कमजोरीबाट सिक्न आग्रह गरेका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments