Thursday, March 28, 2024
Homeराष्ट्रीयकाठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन एनआरएनएलाई मेयर बालेनको आग्रह

काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन एनआरएनएलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गरेका छन् ।

एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौंलाई संसाभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताए ।



नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौं महानगरपालिका लाग्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौं महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष आचार्यले एनआरएनले काठमाडौं महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो । रासस

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments