Friday, April 19, 2024
Homeराष्ट्रीययस्ता छन् रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्यहरू

यस्ता छन् रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्यहरू

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ सदस्यीय प्रस्ताव गरिएको छ। निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको सो पार्टीमा केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ताका लागि पेस गरिएको छ।

पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने छन्। उनीपछिको वरीयतामा धादिङका डोलप्रसाद अर्याल छन्। तेस्रो नम्बरमा मोरङका मुकुल ढकाल छन्। उनलाई पार्टीको प्रवक्ता समेत बनाइएको छ।

केन्द्रीय समितिको सूचीको चौथो नम्बरमा डडेलधुराका दीपक बोहरा छन्। उनी सीधा कुरा कार्यक्रममा थिए।

यस्तै केन्द्रीय समितिमा गोरखाका कवीन्द्र बुर्लाकोटी छन्। काठमाडौंका गणेश पराजुली, नुवाकोटका रामकृष्ण भट्टराई, धादिङका उपेन्द्र पाण्डे, चितवनका महेश्वर घिमिरे तथा दाङका विपिनकुमार आचार्य छन्।

धादिङकी वसुमाया तामाङ, गोरखाकी एलिजा गुरुङ, काठमाडौंकी कुसुम महर्जन, दोलखाकी सोविता गौतम सुनसरीकी गीता रेग्मीको नाम पनि केन्द्रीय समितिमा छ।

लमजुङका डा. प्रभात अधिकारी, मोरङकी रविना घिमिरे, नवलपरासीका इस्रा मुल्ला मियाँ, सिराहाका डा. राकेश यादव, धादिङका विष्णुकुमार श्रेष्ठ भक्तपुरकी प्रमिला कुलुजूको नाम पनि केन्द्रीय समितिमा छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments