Friday, March 29, 2024
Homeराष्ट्रीयहैजाको जोखिम बढेपछि काठमाडौंका सडकमा खानेकुरा बेच्न नपाइने

हैजाको जोखिम बढेपछि काठमाडौंका सडकमा खानेकुरा बेच्न नपाइने


हैजा सम्बन्धी गुनासो सुन्न २४ घण्टे हटलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न नदिने तयारी थालेको छ । हैजाको जोखिम बढेपछि नेपाल प्रहरीसँग सहकार्य गरेर महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाउने तयारी गरेको हो ।

महानगरले होटल रेस्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आग्रह गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको छ ।



महानगरले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न २४सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो ।

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाहको भनाइ छ । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न आग्रह गरेका छन् ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments